२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा



अ+ अ-

एजेन्सी । भारत एसिया कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । भारतले आफ्नो दोस्रो सुपर–४ खेलमा साविक विजेता श्रीलंकालाई ४१ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको टोलीको सुरुवात खराब रह्यो । टोलीले तेस्रो ओभरमा पथुम निसाङ्का (६ रन)को विकेट गुमाएको थियो ।

कुसल मेन्डिस (१५ रन)ले इनिङ्स सम्हाल्ने प्रयास गरे तर उनी पनि ७ औं ओभरमा बुमराहको शिकार बने । ८ औं ओभरमा मोहम्मद सिराजले दिमुथ करुणारत्ने (२ रन)लाई पेभिलियन पठाए । श्रीलंकाले पहिलो १० ओभरमा ३९ रन बनाएर ३ विकेट गुमाएको थियो ।

त्यसअघि भारत ४९.१ ओभरमा २१३ रन बनाएर अलआउट भयो । एकदिवसीय इतिहासमा पहिलो पटक, टोलीले स्पिनरहरूविरुद्ध सबै १० विकेट गुमायो । श्रीलंकाका बायाँ हाते स्पिनर डुनिथ भेलालागेले ५ विकेट लिए भने अफ स्पिनर चारिथ असालान्काले ४ विकेट लिए । मिस्ट्री स्पिनर महिश तिक्षणाले एक विकेट लिए ।

भारतीय कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए । रोहितले आफ्नो एकदिवसीय करियरको ५१ औं अर्धशतक बनाएका थिए । उनले एकदिवसीयमा १० हजार रन पनि पूरा गरेका छन् । रोहितका अलावा केएल राहुलले ३९ रन र विकेटकिपर इशान किशनले ३३ रनको योगदान दिए । अक्षर र सिराजले अन्तिम विकेटका लागि २६ रनको साझेदारी गरे ।

भारत र श्रीलंकाको खेल वर्षाका कारण रोकिएको थियो । साँझ ६ बजेर ४० मिनेटमा पानी परेपछि भारतीय इनिङ्समा ४७ ओभर बलिङ गरिएको थियो र खेल रोकिनुपरेको थियो । केही समयपछि पानी रोकिएपछि खेल फेरि ७ः३० बजे सुरु भयो । तर, अम्पायरहरूले ओभर न काट्ने निर्णय गरे र इनिङ्सको ब्रेक टाइम १० मिनेटमा घटाए ।

शीर्ष क्रम पेभिलियन फर्किएपछि विकेटकिपर केएल राहुल र इशानले भारतको इनिङ्सलाई सम्हालेका थिए । दुवैले सावधानीपूर्वक ब्याटिङ गर्दै टोलीको स्कोर १०० बाट १५० मा पुर्याएका थिए । राहुल ४४ बलमा ३९ रन बनाएर आउट भए र दुवैबीचको अर्धशतकीय साझेदारी टुट्यो । राहुल र इशानले ८९ बलमा ६३ रनको साझेदारी गरे । राहुलपछि इशान किशन पनि ६१ बलमा ३३ रन बनाएर चरित असलंकाको शिकार बने ।

भारतीय कप्तान रोहित शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको ओपनिङ साझेदारी गरे । यो साझेदारी डुनिट भेलालागेले गिललाई बोल्ड गरेर तोडेका थिए ।

भारतले अब शुक्रबार बंगलादेशसँग तथा श्रीलंकाले बिहीबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान र श्रीलंकाबीचको खेल हेभिवेट बन्ने भएको छ । उक्त खेलको विजेता टोली नै फाइनलमा पुग्नेछ ।




भर्खरै