२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा आँधीबाट ३ हजार ६० जनाको मृत्यु: टर्कीले सहायता सामग्रीसहितका ३ वटा विमान पठायो



अ+ अ-

एजेन्सी । टर्कीले लिबियाको पूर्वी भागमा आँधी कारण आएको बाढीपछि राहत सामग्रीसहतिको मानवीय उद्धार टोलीसहितका ३ वटा विमान पठाएको छ ।

टर्कीले मंगलवार साँझ तीन वटा विमान लिबिया पठाएको हो । टर्कीको रक्षा मन्त्रालयले मित्रवत सम्बन्धका लागि उद्धार टोली र सहायता सामग्री आवश्यक आपूर्ति जारी राख्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि आवश्यक सहायता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । लिबियाको पूर्वी भागमा आईतवार आएको भीषण बाढीका कारण लिबियाको डेर्ना शहरमा कुल ३ हजार ६० जनाको मृत्यु भएको छ भने ५ हजार २ सय जना बेपत्ता छन् ।

लिबियामा आईतवा भूमध्यसागरीय आँधीका कारण बाढी आएको हो । आँधीले पूर्वाधारमा ठूलो क्षति गरेको छ ।