२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वेलकम ३’ मा नपरेपछि के भन्छन् नाना पाटेकर ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता नाना पाटेकर राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता विवेक अग्निहोत्रीको आगामी फिल्म ‘द भ्याक्सिन वार’ मा देखिने भएका छन् ।

हालै यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका नानाले सञ्चारकर्मीसँग कुराकानी गरे । यस अवसरमा अभिनेताले ६ वर्षपछि कमब्याक भएको ‘वेलकम–३’ को हिस्सा नबन्नेबारे कुरा गरे ।

कार्यक्रममा नानालाई उनको कमब्याकको बारेमा सोध्दा उनले भने, ‘फिल्म इन्डस्ट्री कहिल्यै मेरो नजिक थिएन । यसले तपाईको अनुहारमा ढोका कहिल्यै बन्द गर्दैन । यदि तपााई राम्रो काम गर्न चाहनुहुन्छ भने मान्छेहरु आएर काम दिनेछन् । त्यो काम गर्ने वा नगर्ने निर्णय गर्ने कुरा तपाईमा निर्भर छ । मलाई लाग्छ कि यो मेरो पहिलो र अन्तिम मौका हो र मैले यसमा धेरै जीवन लगाउनुपर्छ । यहाँ सबैले काम पाउँछन् । जागिर लिने वा नलिने यो तपाइँको छनौट हो ।’

वेलकम सिरिजको तेस्रो फिल्ममा कास्ट नगरिएकोमा नानाले भने, ‘म यसको हिस्सा होइन । सायद निर्माताहरूले म धेरै बूढो भएको महसुस गरे । तर, विवेक अग्निहोत्रीले त्यस्तो महसुस गरेनन् र मलाई उनको फिल्म (द भ्याक्सिन वार)मा कास्ट गरे ।’ वेलकम सिरिजका अघिल्ला दुई भागमा नानाले डन उदय शेट्टीको भूमिका निर्वाह गरेका थिए ।