२६ असार २०८३, शुक्रबार
,
Latest
राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा सयौं विद्यार्थी अपहरण गर्ने समूहका नाइके दौडावा झडपमा मारिए



अ+ अ-

एजेन्सी । सयौं स्कूली बच्चाहरूको अपहरणको नेतृत्व गरेका एक नाइजेरियाली डाकुसमूहका प्रमुख प्रतिस्पर्धी गिरोहसँगको सशस्त्र भिडन्तमा मारिएका छन् नाइजेरियाली अधिकारीले एएफपीलाई जानकारी गराएका छन् । 

गत डिसेम्बरमा विज्ञान बिषय पढाइने एउटा सरकारी माध्यमिक विद्यालय कङ्कराका ५०० भन्दा बढी विद्यार्थीहरूको अपहरणमा अवालुन दौडावा र उनको समूहले नेतृत्व गरेको थियो ।

उत्तरपश्चिम र मध्य नाइजेरियामा बढ्दो सुरक्षा चुनौती बनेका यो सशस्त्र आपराधिक गिरोहहरूले सामूहिक अपहरणको श्रृंखलामध्ये एक थियो । 

बिहीबार जामफारा राज्यका एक सरकारी अधिकारीले एएफपीलाई भने, “दौडावाले फेब्रुअरीमा गरेको शान्ति सम्झौता पूरा नगरेको भन्दै उनी आफ्नो समूहको नेतृत्व लिन जङ्गलतर्फ फर्केका थिए । 

जाम्फाराका एक सरकारी अधिकारीले भने, “दौडावासहित उनका चार वरिष्ठ लडाकू उनको एक विरोधी समूहसँग शुक्रबार भएको दोहोरो झडपमा मारिएका हुन् ।” 

“उनले गत महिनाको एउटा शिविरमा प्रतिद्वन्द्वी गिरोहमाथि असफल छापा मार्दा उनका दुई जना सदस्यको मृत्युको बदला लिन आफ्ना मानिसहरूलाई लगाएका बेला भएको झडपमा दौडावाको मृत्यु भएको हो,” एक नाइजेरियाली अधिकारीले भने ।

दौडावाले छजना साथीहरूसहित जामफारा राज्यका गभर्नर बेलो मटावालेसँग उनको कार्यालयमा आत्मसमर्पण गरेका थिए जहाँ उनले हतियार बुझाई र हिंसाको अन्त्य गर्न डाकुहरूलाई माफी दिने माग गरेका थिए । तर सरकारसँग लामो समयसम्म भएको वार्तामा आफ्ना माग पूरा नभएको बताउँदै उनी जङ्गलतर्फ फर्केका थिए ।




भर्खरै