२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेइस वर्षपछि स्व गणेशमान सिंहको प्रतिमा अनावरण हुने



अ+ अ-
काठमाडौँ । अन्तत: लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गर्नुभएको थियो ।
प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सिंह स्मृति बाटिकाको निर्माणसँगै उहाँको सालिक पनि निर्माण गरिएको छ ।
धलौटको यस सालिक १२ फिट अग्लो र तौल एक हजार दुई सय केजीको छ । सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले राससलाई जानकारी दिनुभयो ।
 विसं २०४६ को ऐतिहासिक जनआन्दोलनमा स्व सिंहले सर्वोच्च कमान्डरको भूमिका निर्वाह गर्नु भई नेपाली जनतालाई पुन: प्रजातन्त्र प्राप्तिमा पुर्‍याउनुभएको योगदानको कदरस्वरुप भक्तपुरमा उहाँको सालिक निर्माण गरिएको हो ।
विसं २०५४ मा स्व सिंहको निधनपछि तत्कालीन कटुञ्जे गाउँ विकास समितिका अध्यक्ष रामेश्वर ढुङ्गेलले बाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो । ढुङ्गेल भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । प्रतिमाको अनावरण असोज २ गते स्व सिंहको स्मृति दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने निश्चित भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
गणेशमान सिंह स्मृति बाटिकाका लागि सरकारबाट कूल एक सय ७४ रोपनी १५ आना जग्गा प्राप्त भएको छ । त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल सरकार, बागमती प्रदेश सरकार र सूर्यविनायक नगरपालिकाको सहकार्यमा तयार गरी सिंहको योगदानलाई चिरस्मरणीय बनाउन बाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका सहिदको जीवनीमा आधारित सामग्री सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर, निर्माण कार्य भइरहेको छ ।
गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले प्रजातान्त्रिक योद्धाको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने गराउने, प्रजातन्त्रबारे विज्ञ तथा अनुभवीबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशन गराएर भविष्यको पुस्तालाई प्रजातन्त्रप्रति जागरुक गर्ने थलोका रूपमा यस बाटिकाको विकास गर्ने लक्ष्य लिएकोे पनि समितिले जनाएको छ ।  रासस




भर्खरै