२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका ४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने



अ+ अ-

नयाँदिल्ली । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड– १९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिनुभएको छ । 

उहाँले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताएका बताउनुभयो ।  ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्ने भएका हुन् ।

भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट सङ्क्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही सङ्क्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

भारतका अधिकारीहरुले बिहीबारको तथ्यांक सार्वजनिक गरेअनुसार त्यहाँ तीन लाख ८० हजार भन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको छ भने ३ हजार ६०० भन्दा बढीको यही संक्रमणबाट ज्यान गएको छ । हाल भारतका दुई लाखभन्दा बढीको यसै संक्रमणबाट ज्यान गइसकेको बताइएको छ ।  

भारतमा पछिल्लो समयमा अस्पतालमा बेड अभाव भएको छ भने सिकिस्त विरामीलाई अक्सिजन दिन सक्ने अवस्था पनि नभएको देखिएको छ । भारतको यो अवस्था भएका कारण विश्वका देशहरुले उसलाई सहयोग गर्ने बताएका हुन् ।

यसअघि संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने बुधबार मात्र जनाएको थियो ।  संयुक्त राष्ट्रंघका प्रवक्ताले बुधबार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको बताउनुभएको थियो ।  

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् । त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ । 

यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ ।




भर्खरै