२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको शेयर बजार: चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से



अ+ अ-

काठमाडौँ । यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो । उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो ।

त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो । यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो । यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो । बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ । रासस