२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यकः राष्ट्रपति



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भयो । उहाँले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावि पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रुपमा मानेको नेता भएको बताउनु भयो । उहाँले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको स्मरण गर्नुभयो । उहाँले प्रतिक सहितको गणेशमान पार्कले उहाँको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताउनु भयो ।

राष्ट्रपति पौडेलले गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्नुभयो । उहाँले गणेशमानको समिप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनु भयो । उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

उहाँले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताउनु भयो । उहाँले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रुपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थि र काँग्रेस नभनि सबैले मानेको नेता उहाँ नै हो । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन । राष्ट्र निर्माणको लागि जीवन सर्मपण गर्ने आदर्श त्याग र निष्ठाको निस्काम कर्महरु भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावि पुस्तासम्म पु¥याउन सक्नुपर्छ । वाटिकाले गणेशमानको आर्दशपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउँछ ।

उहाँको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाए । त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’

राष्ट्रपति पौडेलले भक्तपुर बासीको लागि गणेशमान सिंहको प्रतिक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताउनु भयो । उहाँले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने बताउनु भयो । उहाँले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । उहाँले भक्तपुर बासीहरुले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउने ठाउँ नभएको बताउनु भयो ।