२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिटै विवाह गर्दै साउथकी यी चर्चित अभिनेत्री



अ+ अ-

एजेन्सी । पोन्नियन सेल्वन अभिनेत्री तृषा कृष्णन छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । अभिनेत्रीले आगामी दिनमा बिहेको घोषणा गर्न सक्ने बताइएको छ ।

तृषाको भावी जीवन साथी मलयालम फिल्मको निर्माता रहेको बताइएको छ । तर, उनी को हुन् भन्नेबारेमा कुनै अपडेट छैन । हालै एक अन्तर्वार्तामा त्रिशालाई उनको विवाहको बारेमा सोधिएको थियो । यद्यपि, यसबारे अभिनेत्रीले आफूले अहिलेसम्म केहीपनि नसोँचेको बताएकी थिइन् ।

यसअघि त्रिशाले २३ जनवरी २०१५ मा व्यापारी तथा निर्माता वरुण मनियनसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केही महिनापछि दुवैले इन्गेजमेन्ट तोडेका थिए ।

मिडिया रिपोर्टका अनुसार तृषा र वरुणको इन्गेजमेन्टदेखि नै धेरै मतभेद थिए जसका कारण यो सम्बन्ध लामो समय टिक्न सकेन । अन्ततः सन् २०१५ को मेमा दुवैले अलग हुने निर्णय गरे ।

त्रिशाको नाम साउथ इन्डस्ट्रीका धेरै कलाकारसँग जोडिएको छ । मिडिया रिपोर्टका अनुसार तृषा यसअघि राणा डग्गुबाती, थालापथी विजय र नयनताराका पूर्व प्रेमी सिम्बुसँग रिलेशनशिपमा थिइन् । यद्यपी, अभिनेत्रीले आफ्नो प्रेम जीवनको बारेमा कुनै आधिकारिक कुरा भनेकी छैनन् ।

पोन्नियन सेल्वन २ को सफलतापछि त्रिशासँग धेरै फिल्महरु छन् । उनी छिट्टै तमिल फिल्म ‘लियो’मा देखिनेछिन् । यो फिल्म अक्टोबर १९ मा हलमा रिलिज हुँदैछ । यस बाहेक उनी निर्देशक अरुण वासीगरनको आगामी फिल्म ‘द रोड’मा देखिनेछिन् ।