२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियाले विश्वकै अग्लो भवन बनाउँदै, उचाइ एक किलोमिटर हुने



अ+ अ-

रियाद । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा युएईमा छ । यसलाई कडा प्रतिस्पर्धा दिन साउदी अरबले जेद्दा टावर निर्माण गरिरहेको छ ।

यसको काम केही समयअघि रोकिएको थियो । तर अहिले फेरि निर्माण सुरु भएको छ ।

यो बुर्ज खलिफाभन्दा १७२ मिटर अग्लो हुनेछ । यसको उचाई एक किलोमिटर हुनेछ। पहिलो चरणमा १.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो भवनको विकास हुनेछ । यो परियोजनालाई जेद्दा इकोनोमिक सिटीको विकासको केन्द्रविन्दु मानिन्छ।

शिकागो प्राक्टिस एड्रियन स्मिथ, गोर्डन गिल (एएस जीजी) ले मरुभूमिमा संसारको सबैभन्दा अग्लो टावरको परिकल्पना गरेको हो।उक्त टावरको धेरै उपयोग हुने बताइएको छ। यसमा चार सिजन होटल, अपार्टमेन्ट स्पेस, अफिस स्पेस र लाल सागरलाई हेर्ने विश्वको सबैभन्दा अग्लो अब्जर्भेटरी हुनेछ।

सन् २०२३ सेप्टेम्बर १३ को मिडल इस्ट बिजनेस इन्टेलिजेन्सको रिपोर्ट अनुसार साउदी बिनलादिन समूह (एसबीजी) ले जर्मन फर्म बाउरसँग सहकार्य गरेको छ । उक्त टावरको जग र पिलिङको काम सन् २०१० को सुरुमा भएको थियो।

तर पछिल्लो रिपोर्टले एसबीजी यसबाट अलग भएको खुलासा गरेको छ । अब एएस जीजअग्रणी आर्किटेक्चर फर्मको रूपमा रहने छ । लेबनानी कम्पनी डार अल–हन्डसा इन्जिनियरिङ सल्लाहकारको रूपमा बोर्डमा रहेको छ।

जेद्दा इकोनोमिक सिटीले यो टावर पूरा गर्न पुनः टेन्डर जारी गरेको छ । यस वर्षको अन्त्यसम्म बोलपत्रको समयसीमा तोकिएको छ। पिलिङ र फाउन्डेसनको काम सकिएको छ ।

भवनको एक तिहाइ काम सकिएको छ । तर, कहिले सम्पन्न हुने मिति भने खुलाइएको छैन । अहिले पनि दुबईको बुर्ज खलिफाले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान राखेको छ । यसको उचाइ ८२८ मिटर छ । यसमा १६३ तला छन्।

यसको निर्माण सन् २००४ मा सुरु भएर सन् २०१० मा निर्माण सम्पन्न भएको थियो । बुर्ज खलिफा भित्र दुईवटा अवलोकन डेकहरू छन्। पहिलो १२४औँ तलामा र दोस्रो १४८ तलामा रहेका डेकमार्फत दुबई आउने मानिसहरूले पूरै शहर देख्न सक्छन्।