२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण ललितले एसियाली खेलकुद गुमाउने



अ+ अ-

काठमाडौं । हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो झड्का लागेको छ । नेपालका बायाँ हाते स्पिनर ललित नारायण राजवंशी घाइते भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका अनुसार ललित बन्द प्रशिक्षणका दौरान घाइते भएका हुन् । बुधबार फिल्डिङ गर्नेक्रममा टियु क्रिकेट मैदानमा ललितको राइट क्लाभिकल फ्राक्चर भएको छ । ललितको आज नै बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिदैछ । उनी ६ देखी १२ हप्ता सम्म मैदान बाहिर रहने बताईएको छ । यो सँगै ललितले १९ औं एसियाली खेलकुद गुमाउने भएका छन् ।

१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ । प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन् । नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ।

प्रतियोगितामा पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले भने सिधैं क्वाटरफाइनल खेल्नेछन् । समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा यी पाँच टेस्ट टोलीसँग अन्तिम आठमा भिड्नेछन्।

नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन ललितको निकै महत्वपूर्ण योगदान रहेको थियो । ललितले नेपालको लागि २३ ओडिआईमा २८ र १२ टि–२० आईमा १० विकेट लिएका छन् ।