२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी



अ+ अ-

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता जारी रहेको छ । वार्ता केही बेर अघिबाट सुरू भएको हो ।

सरकार र शिक्षकबीच आज बिहान ८ बजे नै वार्ता हुने भनेपनि दुबै पक्षको आन्तरिक तयारीका कारण वार्ता दिउँसोका लागि धकेलिएको थियो ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाइ सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ता टोली निर्देशन दिएका छन् ।कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले पनि आजको वार्ता निष्कर्षमा पुग्ने बताएका छन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पनि शिक्षकहरूको मागका विषयमा सरकार गम्भीर रहेकाले निष्कर्षमा पुग्ने बताएका छन् ।

सरकार र शिक्षकबीच बिहीबार पनि दुई चरणमा छलफल भएको थियो । तर, सरकारले पत्र नदिएकाले अनौपचारिक छलफल भएको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

गत बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको छ । उनीहरुले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।