२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि–२० विश्वकप छनोट: नेपालको सबै खेल टियुमा हुने



अ+ अ-

काठमाडौं । घरेलु मैदान मुलपानी र टियुमा आगामि महिनाबाट आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता हुदैछ । कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म हुनलागेको खेलमा नेपालले आफ्नो सबै खेल टियु क्रिकेट मैदानमा खेल्ने भएको छ ।

नेपालको खेलमा दर्शक धेरै हुने भएकाले भिडलाई व्यवस्थापन गर्नको लागि नेपालको सबै खेल टियूमा आयोजना गर्न लागिएको हो । यसअघि घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कप र लिग टुमा दर्शकको उल्लेखनीय उपस्थिती रहेको थियो । दर्शकको भीडलाई मध्यनजर गर्दै नेपालको सबै खेल टियूमा गराउन लागेको क्यानले जानकारी दिएको छ ।

नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट विजेता टोली हुनेछन् । आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा आयोजना हुने एसिया क्वालिफायर ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

टि–२० विश्वकप छनोटमा समूह ए का सबै खेल टियु र बी का मुलपानीमा हुनेछ । नेपालले पहिलो खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग र तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ ।

दुबै समूहका शीर्ष दुई टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ ।

फाइनल खेल्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन् । उपाधिको प्रमुख दाबेदार टोली नेपाल २०१४ पछि पहिलो पटक टि–२० विश्वकप खेल्ने सोचमा हुनेछ ।