२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु भएको छ । वार्तामा कामपा प्रमुख बालेन्द्र (बालेन) शाह उपस्थित हुनुभएको छैन । महानगरले ई सँग वार्ता गर्न बनाएको वार्ता टोलीका प्रतिनिधि र अभियन्ता ई: का टोलीबीच वार्ता सुरु भएको हो ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा सामाजिक अभियन्ता ई: ले राष्ट्रिय सभागृहअघि पछिल्लो दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन् । वार्तामा कामपा प्रमुख शाह नआउने भएपछि अभियन्ता ई: पनि वार्तामा नआएका हुन् ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानून विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धीरज जोशी सहभागी छन् ।

त्यस्तै अभियन्ता ई:को टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरका उपप्रमुख सुनिता डंगोलले आजै अभियन्ता ई: लाई गएर भेटेर ई: ले उठाएका मागहरुप्रति महानगर संवेदनशील रहेको बताउनुभएको थियो । यसअघि महानगरप्रमुख शाहसँग अभियन्ताहरुले भेट्न खोजे पनि समय नदिइएको आरोप ई: ले लगाएका थिए ।