२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार खेलाडी विमल घर्तीमगर पनि विदेश पलायन



अ+ अ-

काठमाडौं । राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगर पनि उज्वल भविष्यको लागि विदेश पलायन भएका छन् ।

एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् । राष्ट्रिय टीमका महत्वपूर्ण खेलाडी विमलको यो पलायन नेपाली फुटबलमा गम्भीर धक्का परेको छ ।

उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका छन्। नेपालले विमलको कप्तानीमा २०१५ मा आयोजना भएको पहिलो यु १९ साफ च्याम्पियनसिप जितेको थियो ।

राष्ट्रिय टीमबाट सबैभन्दा कम उमेरमा गोल गर्ने किर्तिमान पनि उनको नाममा छ । विमलले १४ वर्षको उमेरमा डेब्यू गरेका थिए भने १५ वर्षमा पहिलो गोल गरेका थिए ।

अस्ट्रेलिया जानुअघि उनले नेपाली राष्ट्रिय टीमका प्रशिक्षकलाई जानकारी गराएका थिए र आफूलाई राष्ट्रिय टीममा समावेश नगर्न आग्रह गरेका थिए ।

पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् ।