२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेश अधिवेशनः ओली समूहले भोट हाल्ने लिस्ट बाँडेपछि…



अ+ अ-

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत भइरहेको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले नै प्यानल बनाएको छ ।

ओलीले प्यानल बनाए उम्मेदवार नै खारेज गर्ने चेतावनी दिए पनि चुनाव जित्न उनको समर्थन रहेको समूहले नै लिस्ट बाँडेको पाइएको हो ।

चुनावमा कैलाश ढुंगेलको नेतृत्वमा प्यानल लिस्ट नै बनाएर मतदातालाई बाँडिएको छ ।

ढुंगेलविरुद्ध मकवानपुरका कृष्णप्रसाद दाहालले अध्यक्षमा प्रतिस्पर्धा गरेपछि अध्यक्ष ओली समर्थित समूहले प्रदेश अध्यक्ष, पदाधिकारी र सदस्यमा प्यानल नै बनाएर भोट मागेको हो ।

आज शुक्रबार दिउँसो साढे १ बजेपछि शुरू भएको मतदानमा ओलीको समर्थन पाएको ढुंगेल समूहले प्यानलको सूची नै प्रकाशित गरेर भोट मागिरहेको छ ।