२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतन पत्नी भारतीको सरकार र राष्ट्रपतिमाथि आक्रोशः हत्यारालाई आममाफी दिने तपाईंहरु पनि हत्यारा नै हो



अ+ अ-

काठमाडौँ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा १२ वर्ष सजाय काट्न बाँकी रहँदै दोषी रिगल भनिने योगराज ढकाललाई आममाफी दिएको प्रति चेतनपत्नीले आममाफीको अधिकार कसले दियो भन्दै प्रश्न गर्नुभएको छ ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो – ‘आम माफीको अर्थ के हो ? राष्ट्रपतिलाई थाहा छ कि छैन त्यसको जबाफ चाहियो ?’

उहाँले अगाडी भन्नुभयो ‘‘राष्ट्रपतिलाई परेको भए थाहा हुन्थ्यो सिन्दूरको मूल्य, कसैले आफ्नो जीवन गुमाएको छ, कसैले आफ्नो छोरा गुमाएको छ, कसैले बुबा गुमाएको छ । आजसम्म पनि हामी त्यो घटनाबाट निस्कन सकेको छैनौँ ।’

‘‘मलाई सरकार र देशको कानुनमाथि विश्वास थियो । एउटा हत्यारालाई मन्त्री जसरी सम्मानका साथ कारागारबाट निकालियो । यही हो नेपालको कानुन ? उहाँले प्रश्न गर्दै भन्नुभयो ‘हत्यारालाई साथ सपोर्ट गर्ने पनि हत्यारा नै हो । यहि मेरो ठाउँमा राष्ट्रपति वा प्रधानमन्त्रीको छोरी भएको भए आममाफी दिनुहुन्थो कि जेलमा राख्नुहुन्थो ?’

अब न्यायका लागि लड्ने जानकारी गराउँदै बुधबारबाट माईतीघर मण्डलामा अनसन बस्ने उहाँले बताउनुभयो । हत्यारालाई आममाफी दिएपछि पीडित परिवार आतंकित भएको भन्दै उहाँले भन्नुभयो ‘के कानुन मरेको हो ?’

संविधान दिवसको दिन हत्याका मुख्य योजनाकार मानिएका रिगललाई राष्ट्रपतिले आम माफी दिनु भएको थियो । २८ असार २०७२ मा रिगलले चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा हत्या गरेका थिए । रिगल पक्राउ परेपछि हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दे सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।




भर्खरै