२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वदेश’की अभिनेत्री गायत्री जोशी र उनका पति इटालीमा कार दुर्घटनामा परे (भिडियो)



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानसँग फिल्म ‘स्वदेश’मा देखिएकी अभिनेत्री गायत्री जोशी र उनका पति विकास ओबेरोय ठूलो कार दुर्घटनामा परेका छन् ।

यो दुर्घटना इटालीमा भएको हो जहाँ गायत्रीको फेरारी लेम्बोर्गिनीसँग ठोक्किएको थियो । यो दर्दनाक सडक दुर्घटनामा एक वृद्ध स्विस दम्पतीको मृत्यु भएको बताइएको छ ।

गायत्री जोशी आफ्ना श्रीमान् विकास ओबेरोयसँग आफ्नो लम्बोर्गिनीमा जाँदै गर्दा इटालीको सार्डिनिया क्षेत्रमा यो दुर्घटना भएको बताइएको छ ।

दम्पतीका प्रबन्धकका अनुसार गायत्री र उनका श्रीमान् विकास ओबेरोय सकुशल छन् । यो दुर्घटनाको हृदयविदारक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

सार्डिनिया सुपरकार टुर, तेउलाडा देखि ओल्बिया सम्म लक्जरी कार परेड को समयमा दुर्घटना भएको थियो । ल्याम्बोर्गिनी र फेरारी लगायतका धेरै लक्जरी कारहरूले एकै समयमा क्याम्पर भ्यानलाई ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको हो ।

जसका कारण फरारी ट्रक र ल्याम्बोर्गिनीसँग ठोक्किएर २ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउने वृद्ध दम्पतीमा स्वीट्जरल्याण्डका ६३ वर्षीय मेलिसा क्रौटली र ६७ वर्षीय मार्कस क्रौटली रहेका छन् ।

कामको कुरा गर्ने हो भने गायत्री जोशीले सन् २००४ मा शाहरुख खानको फिल्म स्वदेशबाट बलिउडमा प्रवेश गरेकी थिइन् । तर, यो फिल्मपछि उनी अभिनयको दुनियाँबाट पनि टाढिएइन् । उनले ओबेरोय कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक विकास ओबेरोयसँग विवाह गरेर घर बसाइन् । त्यसयता नायिका फिल्मबाट टाढा छिन् ।