२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रले ढोरपाटनको विकासमा सहकार्य गर्छ: अध्यक्ष ढकाल -भिडियो सहित



अ+ अ-

ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासंघले बागलुङको पर्यटकीय स्थल ढोरपाटनमा सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न गरेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष तथा देशका एक सय पर्यटकीय गन्तव्यमा रहेको ढोरपाटनमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महासंघले तेस्रो कार्यकारिणी बैठक आयोजना गरेको हो ।

अधिक सम्भवना हुँदाहुँदै पनि प्रचारको अभावमा बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको ढोरपाटनको बारेमा आवश्यक जानकारी बाहिर ल्याउने र देशका उद्योगी व्यवसायीहरुलाई पनि सो क्षेत्र देखाउने उद्देश्यले आफ्नो गृहजिल्ला बागलुङको यस पर्यटकीय क्षेत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो बैठक आयोजना गर्नुभएको थियो ।

उक्त बैठकले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने, देशका पाँचै प्रदेशमा प्रदेश सरकारको सहभागितामा लगानी सम्मेलन गर्ने, मुलुकको संकटपूर्ण अर्थतन्त्रमा सुधार ल्याउनका लागि राष्ट्रिय स्तरको सरोकारवालाहरुको संलग्नामा सर्वपक्षीय कार्यशाला गर्ने लगायतका देशको अर्थतन्त्रमा दुरगामी महत्वका महत्वपूर्ण निर्णय गरेको छ ।

सो बैठकपछि उक्त बैठकका सन्देश, उपलब्धि, आगमी योजना र निर्णयका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग ढोरपाटनमै पुगेर बागलुङका पत्रकार खेमराज गौतमले तयार पारेको संक्षिप्त अन्तरवार्ता ।

ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघका बैठक बस्नुको उदेश्य के हो ?

महासंघको नयाँ कार्यसमितिले पहिलो निर्णय नै कार्यसमितिको बैठक जिल्ला बाहिर गर्ने भनेका थियौ । दोस्रो बैठक वर्षातका कारण पुन काठमाण्डौ बाहिर गर्न सकिएको थिएन ।

ढोरपाटन आफैमा पर्यटकीय हिसाबले प्रसिद्ध भएको छ । तर भनेजस्तो विकास भएको छैन । आफ्नो गृह जिल्ला समेत भएकाले र यहाँको ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने सोचका कारण बागलुङमा तेस्रो केन्द्रीय बैठक आयोजना गर्ने भनेर कार्यसमितिमा प्रस्ताव गरेको थिएँ । कार्यसमितिका साथीहरुले स्विकार गर्नुभएपछि त्यसैले ढोरपाटनमा बैठको आयोजना गरिएको गरिएको हो । ढोरपाटनको विकासमा निजी क्षेत्रले चासो दिएको सन्देश समेत हो यो बैठकको उदेश्य हो ।

गृह जिल्लाको विकासमा समेत आवश्यक चासो र चिन्ता हुनु स्वभाविक हो । जिल्लाको पर्यटनको विकासमा आफूले केही काम गर्ने सोच सेमत बनाएकाले देशभरका नीजि क्षेत्रका नेतृत्वकर्ताहरुलाई ढोरपाटन ल्याएको हुँ ।

ढोरपाटनमा निजी क्षेत्रको नेतृत्वसहित दुई दिन बिताउनुभयो, के–के संभावना देख्नुभयो ?

म दोस्रो पटक ढोरपाटन आएको हुँ । पहिला केही कामले हेलिकप्टर मार्फत आएको थिएँ, त्यसैले धेरै बुझ्न पाएको थिएन । पर्यटनका हिसावले धेरै सम्भावना छ, जैविक विविधता छ, बन्यजन्तुको सिकार यहाँको मुख्य आकर्षण रहेको छ ।

यहाँ जलविद्युतको पनि राम्रो सम्भावना रहेको पहिल्यै एक अध्ययनमा आइसकेको कुरा हो । त्यो बाहेक यहाँ सुविधा सम्पन्न होटल सञ्चालन गर्न सकिने, पदयात्रा मार्फत पर्यटक भित्राउने सकिने र आलुको निर्यातदेखि स्याउ खेतीको विस्तार समेत गर्न सकिने सम्भावना हामीले देख्यौँ ।

यहाँको स्थलगत सबै अध्ययन गरेपछि मलाई थाहा भयो कि ढोरपाटन आफैमा एक अथाह सम्भावनाको खानी रहेछ । यहाँको मौसम, वातावरण र स्थानीय उत्पादनहरुका कारण मुख्य गरी पर्यटकहरु लोभ्याउन सक्ने क्षमता यो माटोसँग प्रसस्तै छ ।

धार्मिक पर्यटक र साहसिक पर्यटक दुबैलाई आकर्षित गर्नसक्ने गन्तव्य बन्न सक्ने मैले देखेँ । विशेषगरी सिकार पर्यटनलाई नै संस्थागत गर्दै पर्यटकीय पूर्वाधार नै लगानी बढाउन आवश्यक छ । हामीले यो सम्भाना यहाँ देख्यौँ, हेरौँ केही गर्न सकिएला ।

यहाँले केबलकार, होटललगायतका ‘हस्पिटालिटी’ का क्षेत्रमा ठूलो लगानी गरिरहनुभएको छ । ढोरपाटनमा पनि केही गर्ने सोच आयो की ?

हामीले लगानी जुटाउने वातावरण बनाउछौँ । यही ढोरपाटनको बैठकबाट देशभरका उद्योगी तथा व्यवसायीहरुको समुहिकरुपमा ठूलो कम्पनी निर्माण गर्ने र सम्भावना भएको क्षेत्रमा लगानी गर्ने सोच पनि यतिखेर हामीले बनाएका छौँ ।

ढोरपाटनमा पहिलो सुविधा सम्पन्न होटल नै आवश्यक देखिन्छ । होटल प्रमुख सम्भावना सँगै प्याराग्लाइडिङ लगायतका थुप्रै सम्भवनाहरु हामीले देखेका छौँ । म गृह जिल्लाबासी समेत भएकाले ढोरपाटनमा लगानी गर्न र ढोरपाटनको पर्यटकीय सम्भावनालाई थप प्रबद्र्धन र विकासमा सदैव मेरो साथ र सहयोग हुन्छ । ढोरपाटन सहित जिल्लाको समग्र विकासमा मेरो सहयोग र सहकार्य हुन्छ ।

ढोरपाटनमा हाम्रो पहिलो प्राथमिकता आतिथ्यता नै हो । यो त मेरो गृह जिल्ला समेत भएकाले केही न केही गर्ने योजना त छ नै । यस विषयमा निजी क्षेत्रका अन्य साथीहरुसँग पनि परामर्श गर्छु ।

यहाँको अध्यक्षताको महासंघको तेस्रो बैठकले के–के निर्णय गर्‍यो ?

यो बैठकबाट मुख्यत: तीन वटा मुख्य निर्णय गरेका छौं । ढोरपाटनमा आयोजना गरिएको बैठकले अंग्रेजी वर्ष २०२५ लाई निजी क्षेत्रबाट पर्यटन वर्षको रुपमा मनाउने निर्णय भएको छ ।

त्यस्तै नेपालका सातै प्रदेशमा लगानी सम्मेलन गर्ने र आर्थिक संकट घटाउँदै तरलता बढाउन असोज मसान्त भित्र उच्चस्तरीय राजनैतिक तथा सरोकारवाला निकायहरुबीचको छलफल गरेर ठोस उपाय निकाल्ने गरी कार्यशाला जस्तै एक कार्यक्रम गर्ने निर्णय भएको छ । अहिले व्यवसायिक क्षेत्रमा आएको नैराश्यतालाई मध्यनजर गर्दै सरकारसँग सहकार्य र समन्वय गरेर व्यापारीहरुको मनोवल बढाउने काममा महासंघ केन्द्रित हुनेछ ।

https://www.facebook.com/watch?v=836895717820363




भर्खरै