२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघका महासचिव गुटेरेस किन आउँदैछन् नेपाल ?



फाईल फोटो
अ+ अ-

काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यही महिना नेपाल भ्रमणमा आउन लागेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । यद्यपी यस भ्रमणका बारेमा आधिकारिक घोषणा हुन बाँकी छ ।

आगामी असोज २६ गते गुटेरेस नेपाल आउन लागेको प्रधानमन्त्रीको सचिवालयको भनाई छ । स्रोतका अनुसार, महासचिव गुटेरेस तीन दिन नेपालमा रहने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले खासगरी शान्ति प्रक्रियाका विषयमा प्रधानमन्त्री र अन्य दलका शीर्ष नेताहरुसँग छलफल गर्नेछन् ।

हालै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा गुटेरेसको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

तस्बिरः प्रदीपराज वन्त