२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा सामाजिक सद्भाव बनाउने, कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय सहमति



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: नेपालगन्जमा उत्पन्न तनाब कम गर्ने उपायको खोजी गर्न बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गर्दै मंगलबारबाट जारी कर्फ्यू बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको संयोजनमा शान्ति र सद्भाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय बैठकले मंगलबारदेखि जारी कर्फ्यूलाई क्रमश: खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले नेपालगन्जको तनाव कम गर्ने विषयमा सबै क्षेत्रमा प्रतिनिधित्व गर्नेहरुको सामुहिक बैठकले यसको निकास खोजेको बताउनुभयो ।

बैठकमा सबै दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, धर्मगुरु, व्यवसायिक संस्थाका प्रतिनिधि सबैको सहमतिमा सद्भाव कायम गर्न सामुहिक पहल गर्ने, बिहीबारदेखि कफ्र्यू खुकुलो बनाउने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सो बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने सबै पक्षले समन्वय गर्ने सहमति जनाउँदै अब उप्रान्त सद्भाव भड्किन नदिने सामुहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली निकाल्ने निर्णयमा सहमतिसमेत गरेका छन् ।

बैठकमा बाँके ३ का प्रतिनिधिसभा सदस्य डा धवलसम्शेर राणा, प्रदेशसभा सदस्य कृष्णा केसी, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँकेस्थित राजनीतिक दलका नेता, धार्मिक संघसंस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।

सामाजिक सन्जालमा धार्मिक विषयमा लेखेको विषयमा विवाद बढ्दै गएपछि दुवै पक्षबीच तनाव बढ्दै गएको हो । धार्मिक विवाद बढ्दै गएपछि थव विवाद बढ्न नदिन मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा लगाइएको अनिश्चितकालीन कफ्र्यू अहिले पनि कायम रहेको छ ।