२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति विकास बैंकको नाफा  बढ्यो, ९ महिनामा ३८.१९ प्रतिशत



अ+ अ-

काठमाडौं । ज्योति विकास बैंकको नाफा चालू आर्थिक वर्षमा ३८.१९ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको विवरण अनुसार ६० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

साथै बैंकको निक्षेप संकलन २४.८ प्रतिशतले बढेर ४५ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३६ अर्ब ३१ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा बैंकको कर्जा लागनी ३३.०४ प्रतिशतले बढेर ३९ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने  गत वर्ष सोही अवधिमा २९ अर्ब ७१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ छ भने बैंकको रिजर्भमा ८५ करोड २१ लाख ४६ हजार रुपैयाँ रहेको छ ।