२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ: मन्त्री महत



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहुँच पुग्ने ठाउँमा मात्रै बजेट विनियोजन भएको अवस्थाको अन्त्य गर्नुपर्ने र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री महतले सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आवश्यक क्षेत्रको पहिचान गरी आगामी वर्षको बजेट विनियोजन हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सामाजिक सुरक्षाका दायित्व र वैदेशिक ऋणको दायित्व बढीरहेको बताउनु भयो । अर्थमन्त्री महतले श्रोत तथा साधन न्युन र आवश्यकता धेरै भएको भन्दै त्यसलाई चिरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यको कुरा गर्ने बित्तिकै हाम्रा आवश्यकता अत्यन्त ज्यादा र हाम्रो श्रोत तथा साधन न्युन छन् । त्यसको बीचमा हामीले काम गर्नुपर्ने जरुरी छ । आवश्यकता धेरै छन् । साधन श्रोत थोरै छ । त्यो थोरै साधन, श्रोतलाई कसरी प्राथमिकताका साथ हामीले त्यसलाई खर्च गर्ने ? त्यो चुनौति सरकारको अघि छ । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा कुन सबैभन्दा धेरै महत्वपूर्ण कुरा हो ? सबैभन्दा ज्यादा जनसंख्यालाई के कुराले प्रभावित गरिरहेको छ । हामीले अत्यन्त इफिसेन्सीकासाथ र प्राथमिकताकासाथ हामीले साधन र श्रोतको उपयोग गर्नुपर्ने अवस्था छ । अहिलेसम्म त्यस्तो गर्न सकेका छैनौँ ।’

‘हामीले जब बजेट विनियोजन गर्छौं, प्राथमिकता तोक्छाँै, जसले त्यसमा ज्यादा प्रभाव पार्नसक्छ, पहुँच पुग्छ, त्यस किसिमबाट कतिपय अवस्थामा बजेट विनियोजन भएको पनि अवस्था छ । अब यसको अन्त्य गर्नुपर्छ । सरकारले आउने बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । त्यो गर्दा हाम्रा आवश्यकता के के छन् ? सबैभन्दा ज्यादा जनसंख्यालाई प्रभावित गर्ने, प्रभाव पार्ने विषय के छन् ? सेक्टर के छन् ? उपसेक्टरहरु के छन् ? चाहे स्वास्थ्यको,चाहे शिक्षा, पूर्वाधार विकासको क्षेत्रमा होस्, त्यसलाई मध्यनजरमा राखेर हामीले सबैभन्दा ज्यादा प्रभाव पर्ने विषय, सबैभन्दा चाँडै प्रतिफल दिने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । त्यही किसिमबाट श्रोतको पहिचान गर्नुपर्छ । यसमा सरकार मात्रै आफैँले मात्रै गरेर सम्भव छैन । हाम्रा सामाजिक सुरक्षाका दायित्व बढीरहेका छन्, तलव भत्ता आदि इत्यादि कम गर्नसक्ने अवस्था छैन । वैदेशिक ऋणको दायित्व पनि बढ्दैछ ।’

मन्त्री महतले थोरै श्रोत, साधनलाई प्राथमिकताका साथ कसरी खर्च गर्ने भन्ने चुनौति सरकारसँग रहेको बताउनु भयो ।