२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा १२ जना विद्यार्थी सम्पर्कविहीन: परराष्ट्रमन्त्री साउद



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराएका छन् ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री साउदले इजरायलमा चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेकोमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए ।

जसमा कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएको उनले बताए।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए।   जुन आक्रमण भएको गाजा क्षेत्रनजिकै पर्दछ । यहाँ रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको मन्त्री साउदले बताए ।

मन्त्री साउदको अनुसार बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।

शनिबार इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले आक्रमण गरेको थियो ।