२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल-हमास आक्रमण: १,१०० भन्दा बढी मानिस मारिए



file photo
अ+ अ-

एजेन्सी । इजरायलमा हमासले सुरु गरेको आक्रमणमा परि इजरायल र गाजामा १,१०० भन्दा बढी मानिस मारिएका छन् ।

गाजामा रहेको प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले आइतबार औपचारिक रूपमा युद्धको घोषणा गरेको थियो। ‘अपरेसन अल-अक्सा फ्लड’ भनेर चिनिने हमासको अपरेसनबाट सुरु भएको जारी द्वन्द्वमा दुवै पक्षका १,१०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।

यस्तै, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् । राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहति भएको पाइएको हो ।

यो पनि पढ्नुहोस: इजरायल – हमास आक्रमणमा परी १० नेपालीको निधन

हमासले इजरायलमा ट्रिपल आक्रमण सुरु गरेको थियो । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका थिए ।




भर्खरै