२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नसच्चिएसम्म काँग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताउनुभएको छ ।

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताउनु भयो । उहाँले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताउनु भयो । उहाँले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेको बिरोध किन ? गरेका छन् भन्दा एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ । मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ । देशमा सुशासन ल्याउनसक्छ । शान्ति सुव्यवस्था कायम गर्नसक्छ, त्यसो भएपछि बिरोध भइरहेको छ । अनि आत्तिएका छन्, काँग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर । माओवादी आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईहरु सच्चिनु हुँदैन भने एमालेको बिरोध गरेर मात्रै तपाईहरुको भविष्य छैन । नसच्चिए त तपाईहरुको भविष्य अन्धकार भएर जाने नै हो ।’

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनु भयो । उहाँले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पूर्व प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताउनु भयो । मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।