५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान प्रदान’



अ+ अ-

काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरेको छ ।

विद्यालयले गत असोज ८ गते घोषणा गरेको १५ हजार ५५५ रुपैयाँको राशीमा अरु ९ हजार ४४५ रुपैयाँ थपेर २५ हजार रुपैयाँ सहितको सो सम्मान ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को सातौं संस्करणकोे अवसरमा शनिबार धावक मान्धरलाई प्रदान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, विद्यालयका सल्लाहकार एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्की तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले धावक मानन्धरलाई २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

सातौं संस्करणको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को शनिबार विहान धावक मानन्धरले उद्घाटन गरेका थिए भने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की तथा स्थानीय वडाध्यक्षहरु सहभागी थिए ।

विद्यालयले विगत ७ वर्षदेखि हरेक वर्ष ५ किलोमिटर दुरीको दौड आयोजना गर्दै आएको र यसलाई राष्ट्रियस्तरको दौडको रुपमा स्थापित गर्ने योजना रहेको दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

करीव ७ सय धावकहरुको सहभागिता रहेको सो दौडमा पुरुष खुलातर्फ गजेन्द्र राई, अजित कुमार यादव र श्रीकेश राई तथा महिला खुलातर्फ निर्मला केसी, पदम कुमारी सुनुवार र स्वस्तिका तिन्वा पहिलो, दोस्रो र तेस्रो भई क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफि, पदक र प्रमाणपत्र पाए ।

यसैगरि अभिभावक पुरुषतर्फ सुनिल कार्की,प्रकाश थापा र प्रमोद लामिछाने तथा अभिभावक महिलातर्फ उमा खड्का, जमुना पौडेल र माया बस्नेत क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

यसैगरि जेष्ठ नागरिक पुरुषतर्फ विक्रम महर्जन, कपिल भट्ट र सुर्य कटुवाल तथा महिलातर्फ कुमारी मगर, पार्वता ढकाल र गिता खतिवडा क्रमश: पहिलो, दोस्रो र तेस्रो भए ।

त्यसैगरि युगल जोडीतर्फ गोविन्द र कविता कार्कीको जोडी पहिलो, गोपाल चौलागाई र सावित्री शर्माको जोडी दोस्रो तथा अनिल र मुना कार्की तथा श्याम र सानु घजुको जोडी तेस्रो भएका थिए ।

दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफि, पदक र प्रमाणपत्रको साथै पोखरा, चितवन, नुवाकोट र भक्तपुरका होटेलहरुमा खानेबस्ने सुविधा सहितको उपहार दिइएको थियो भने विभिन्न अस्पताल, स्विमिङ्ग पुल, नृत्य र फिटनेश केन्द्र लगायतले उपहार दिएका थिए ।

दौडमा सहभागी हुन सहभागीहरुबाट नाम दर्ता शुल्क वापत संकलन गरिएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘बाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिने दौडका संयोजक महासेनानी कार्कीले बताएका छन् ।