२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार बढ्यो युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा तोकिएको छ । आजको अमेरिकी डलरको भाउ स्थिर भएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ।  एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा तोकिएको छ । आज युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ केही रुपयाँले बढेको हो । 

यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ । साउदी रियाल र कतारी रियालको आजको भाउ स्थिर रहेको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।  कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज बहराइन दिनारको भाउ स्थिर रहेको छ ।  

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६८ पैसा तोकिएको छ। जापानी यनको खरिददर १० रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९६ पैसा तोकिएको छ । कोरियन वनक भाउ आज केही रुपयाँले घटेको हो भने जापानी यनको भाउ मात्र केही पैसाले बढेको हो ।