काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदरको माग गर्दैआइतबार उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि ओलीले नेकपा एमालेका नाममा गरेका एकलौटी निर्णय बदरको माग गरिएको छ । उक्त निर्णयहरु सबै खारेज गर्न उनीहरुको माग रहेको छ ।












