२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राफा बोर्डर खुल्यो, मानवीय सहायताका सामग्री बोकेका ट्रक प्रवेश सुरु



इजिप्ट-गाजा बोर्डर
अ+ अ-

इजरायल र हमास बीचको युद्धका कारण संकटमा परेका गाजा क्षेत्रका लाखौं प्यालेस्टिनीका लागि अत्यावश्यक मानवीय सहायताका सामग्री बोकेका ट्रकहरु राफा बोर्डर हुँदै गाजा क्षेत्र प्रवेश गर्न थालेका छन् । करिब ३००० हजार टन सामग्री बोकेका २०० वटा ट्रक राफा हुँदै गाजा प्रवेश गर्न लागेका हुन् ।

गत अक्टोबर ७ मा हमास लडाकूले दक्षिणी इजरायलमा प्रवेश गरेर नरसंहार मच्चाए पछि इजरायलले पनि त्यसको बदलामा गाजा क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको थियो ।

इजरायलले गाजा क्षेत्रलाई हवाई, स्थल र सामुद्रिक तीनै तर्फबाट नाकाबन्दी गर्दै औषधि, पानी, इन्धन, खाद्यान्न समेतका सबै वस्तुको प्रवेशलाई रोकेको थियो ।

इजरायली हवाई हमलाबाट घाइते, महिला, बालबच्चा समेतलाई अत्यावश्यक सामग्रीको आपूर्ति बन्द भएसँगै गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको थियो । जसलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो ।

गाजाको दक्षिण सीमास्थित इजिप्टसँगको सीमानाका राफा खुलेसँगै ट्रकहरु गाजा प्रवेश गर्न थालेका छन् । यद्यपी यी ट्रकहरु पनि इजरायली हवाई आक्रमणको निशाना बन्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले अनुमान गरिरहेका छन् ।

इजरायलले हमासलाई निमिट्यान्न पार्ने अठोटका साथ गाजासँगको सीमामा झण्डै तीन लाख सेना तैनाथ गरेको छ । ट्याँक समेतका आधुनिक हातहतियार सहितका यी सैनिक गाजामा आक्रमणका लागि सरकारको आदेशको प्रतिक्षा गरिरेहका छन् ।

इजरायलले गाजामा पैदल सेना मार्फत् आक्रमण गरे त्यसबाट थप मानवीय क्षति हुने अनुमान गरिएको छ । यद्यपी संयुक्त राज्य अमेरिकाले गाजामा आक्रमण गर्नुअघि बलियो रणनीति बनाउन आवश्यक रहेको र यसको असर मध्यपूर्वका अन्य देशमा पर्न नदिन जोड दिइरहेको बताइन्छ ।

उता, शुक्रबार राति नै हमासले कब्जामा राखेका मध्ये दुई जना अमेरिकी नागरिकलाई मुक्त गरिदिएका छन् । कतारको मध्यस्थतामा छुटेका २ अमेरिकीमा जुडिथ रानान र उनकी १७ वर्षीया छोरी नाटाली रहेका छन् ।




भर्खरै