२६ असार २०८३, शुक्रबार
,
Latest
वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बर महंगो भएको सर्वसाधारण गुनासो



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महंगो भएको भन्दै सर्वसाधारणहरुले दु:खेसो पोखेका छन् ।

उनीहरुले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दु:ख पाएको बताए । चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । उनीहरुले बजारमा चिनीको अभाव र चामल लगायका खाद्य सामग्रीहरुको गुणस्तरियता नभएको समेत बताए । विगतका वर्षहरुको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरुको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गर्नुभयो । उहाँहरुले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरुको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दु:ख दिनु नहुने उनीहरको भनाइ छ ।

त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताउनु भयो । उहाँले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढेपनि अरु फलफूलमा खासै मूल्य नबढेको बताउनु भयो । उहाँले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महंगी बढ्यो भनेको छ, तर सामग्रीको गुणस्तर हेरेर हुन्छ, अनार, नरिवल पानी बढेको हो । व्यापार पोहोरको भन्दा धेरै कम छ । व्यापार भएको छैन । ७ वर्षमा यो पहिलो पटक यस्तो कम व्यापार भएको हो । हामीले हरेस ने खाइसक्यौँ ।’

उहाँले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।