२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक सिरिजः नेपाल उपाधिका लागि युएईसँग खेल्दै



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि-२०आई सिरिजको उपाधिका लागि आज घरेलु टीम नेपालले युएई विरुद्ध प्रतिष्पर्धा गर्दैछ । कीर्तिपूरस्थित त्रिवि मैदानमा हुने फाइनल खेल बिहानको ११ बजे सुरु हुनेछ ।

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । यता, युएई भने अन्तिम खेलमा हङकङसँग भारी रनको अन्तरले पराजित भएपनि नेट रनरेटका आधारमा फाइनल प्रबेश गरेको थियो ।

यसै प्रतियोगितामा भएको पहिलो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाँच विकेटले हराएको थियो । फाइनल खेलमा पनि हराउँदै नेपाल घरेलु मैदानमा सानको साथ उपाधि उचाल्न चाहन्छ ।

त्रिकोणात्मक टि-२०आई सिरिज लगतै नेपलले टी(२० विश्वकप २०२४ को एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्दैछ । घरेलु मैदान नेपालमा हुन लागेको खेल यही अक्टोबर ३० ९सोमबार० देखि हुँदैछ । मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।