२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन आउनुहुँदै



अ+ अ-

पाटन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने कार्यक्रम रहेको पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार पाटन दरबार क्षेत्र अवलोकनका लागि आउनुहुने महासचिव गुटेरेसलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गर्ने कार्यक्रम रहेको छ । अवलोकन भ्रमणपश्चात् महासचिव गुटेरेस पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो ।

उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ । यो सहर बरदेवले स्थापना गराएका हुन् । पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेको छ । पाटन दरबारभित्र केशव नारायणचोक, मूलचोक र सुन्दरीचोक गरी मुख्य तीन वटा चोक रहेका छन् । केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसको अवलोकन भ्रमणका लागि सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध भइसकेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । विदेशी विशिष्ट व्यक्तित्व नेपाल भ्रमणमा आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुखसँग भेटघाटसँगै विश्वसम्पदा सूचीमा समावेश पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने परम्परा बन्दै गएको छ । रासस