२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ मिनेटको टिजरमा कुनै संवाद छैन, तापनि दर्शकको मन जित्दै विक्रमको ‘तंगलान’



अ+ अ-

एजेन्सी । दक्षिणी सिनेमाका दिग्गज अभिनेता चियान विक्रमको फिल्म तंगलानको टिजर सार्वजनिक भएको छ । टिजर हेरेपछि सबैको होश उड्न सक्छ ।

चियान विक्रम सधैं आफ्नो फरक फिल्मका लागि परिचित छन् । उनले पर्दामा विभिन्न किसिमका अभिनय पनि गर्छन् । विक्रम आफ्नो फिल्म तंगलानमा पनि यस्तै गरेको देखिन्छ । जसमा उनी अहिलेको भन्दा निकै फरक लुकमा देखिएका छन् । तंगलानको टिजर आदिवासी समुदायको झलकबाट सुरु हुन्छ ।

यसपछि टिजरमा विक्रमको लुक देखिएको छ, जुन एकदमै फरक छ । तंगलानको डेढ मिनेटको टिजरमा एक्सन मात्रै देख्न सकिन्छ । कुनै संवाद नभए पनि तंगलानको टिजर मन छुने छ । टिजरमा रहेको शानदार एक्सनले सबैको मन जित्ने छ ।

तंगलन एक पान इन्डिया फिल्म हो, जुन आगामी वर्ष २६ जनवरीमा हिन्दी, कन्नड, तमिल, तेलुगु र मलयालम भाषाहरूमा रिलिज हुनेछ । फिल्मलाई पा रञ्जितले निर्देशन गरेका हुन् ।