२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौँको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।”

यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ । रासस