२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल मेडिकल कलेजले क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप १५ लाख दिने



अ+ अ-

काठमाडौँ : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताउनुभयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन् । नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ ।रासस