२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्श विश्वकप छोडेर स्वदेश फर्किए



अ+ अ-

एजेन्सी । अलराउन्डर मिचेल मार्श व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।

ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्यान्डसँगको भिडन्तअघि मार्सको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को झट्का हो ।

क्रिकेट अस्ट्रेलियाले मार्सका बारेमा ट्विटरमा भनेको छ, “टिममा उनको फिर्तीको समयसीमा निश्चित हुन बाँकी छ ।” १५ सदस्यीय टिममा कसैलाई प्रतिस्थापनका लागि बोलाइने हो वा होइन स्पष्ट भएको छैन ।

बत्तीस वर्षीय अस्ट्रेलियाको टि–२० का कप्तान मार्स विश्वकपमा राम्रो फर्ममा रहेका छन् र अहिलेसम्म ३७ दशमलव ५० को औसतमा दुई सय २५ रन बनाइसकेका छन् । पाकिस्तानविरुद्ध डेभिड वार्नरसँग दुई सय ५९ रनको सुरुआती साझेदारीमा उनले एक सय २१ रनको सानदार पारी खेलेका थिए ।

मार्स र म्याक्सवेल दुवै टिमबाट बाहिर भएपछि मार्क स्टोइनिस वा क्यामरुन ग्रिनलाई जोस बटलरको सङ्घर्षरत इङ्गल्यान्डको सामना गर्नका लागि तयार भएको देखिएको छ । इङ्गल्यान्ड अहिलेसम्म छ खेलमा मात्र दुई खेल जितेर १० टिममा अन्तिम स्थानमा रहेको छ ।

अहिले तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले आफ्नो अभियान सुस्त गतिमा गरेपछि लगातार चार खेल जितेको छ । सोमबार गल्फको एक राउन्ड खेलपछि अँध्यारोमा बग्गी पछाडिबाट खसेपछि म्याक्सवेल कन्कसन प्रोटोकलअन्तर्गत अनुपलब्ध छन् किनकी भारतमा लगातारको टुर्नामेन्टका क्रममा खेलाडीहरूले विश्राम लिएका थिए ।