२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिना इम्पेक्सले क्रिकेट खेलाडी र पदाधिकारीलाई सुट दिने



अ+ अ-

काठमाडौं:नेपालमा जारी टी-२० विश्वकप छनोटमा सहभागी खेलाडीलाई सर्टिङ सुटिङको व्यवसायमा राजधानीमा नाम चलेको मेरिना इम्पेक्सले पुरस्कारको घोषणा गरेको छ ।

इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने भएको छ ।यस सम्बन्धी सम्झौतामा क्यानका कोषाध्यक्ष पदम बहादुर खड्का र मेरिना इम्पेक्सका प्रमुख कार्यकारी (सिइओ) पवन खड्काले आज सम्झौता गर्नु भएको छ ।

सम्झौता अनुसार, मेरिना इम्पेक्सले उच्च गुणस्तरका ४० जोर सुट क्यानलाई उपलब्ध गराउने छ ।

बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको इम्पेक्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।