२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा गायक सुगम पोखरेलको यस्तो हर्कत



अ+ अ-

काठमाडौँ । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका चर्चित गायक सुगम पोखेलले एक कार्यक्रममा दर्शकलाई माइकले ‘झट्टी’ हानेका छन् ।

एडिलेटमा भएको कार्यक्रममा गायक पोखरेल ‘रक्सीले मातेर’ दर्शकलाई माइकले झट्टी हानेका हुन् । सार्वजनिक भिडियोमा रक्सीले मातेका पोखरेलको बोली नै लरबरिएको छ । स्टेजमा रहेका पोखरेलले आफ्नो चर्चित गीत ‘झिल्के’ गाउँ न त त भनेका छन् ।

उनको आग्रहपछि दर्शकहरुले ‘झिल्के‘ झिल्के’ भन्छन् । सोही बखतमा उनले नेपालमा भूकम्प गएर मानिसहरुको मृत्यु भएको भन्दै दर्शकलाई शान्त हुन भन्छन् र मौनधारणको लागि आग्रह गर्छन् ।

दर्शकहरुले मौनधारणको समयमा नि हल्ला गरेपछि उनले ‘बइनी कमला, बिमला त पोइला गइन् दोकान सम्हाल’ भन्ने गीत गाउँछन् । तर, दर्शकहरुले हल्ला नै गरेपछि उनी थप उत्तेजित हुन्छन् ।

त्यसपछि उनले भनेका छन्, ‘ए भाइ, तिमीलाई मा’ कसम झट्टी हान्छु‘ यो भाइलाई बोला त ओइ‘ यो तालुवाला भाइलाई’ यति भनेपछि उनी स्टेजबाट तल झरेर दर्शकमाथि जाइलाग्छन् । स्वयंसेवकले रोक्दा–रोक्दै उनले ती दर्शकलाई माइकले झट्टी हान्छन् र गालीगलौज गर्छन् ।

उनलाई बल्लतल्ल त्यहाँबाट निकालेर फेरि स्टेजमा लगिन्छ । फेरि पनि सुगमले अर्को माइल दर्शकतिर हुर्‍याउँछ न्। त्यसपछि भने उनलाई स्टेजबाट निकालिन्छ ।

सो घटनापछि गायक पोखरेलले चौतर्फी आलोचना खेपेका छन् ।




भर्खरै