२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका मिजोरम र छत्तीसगढ राज्यमा चुनाव



भारतमा चुनाव
अ+ अ-

भारतका दुई राज्यहरु मिजोरम र छत्तीसगढमा मंगलबार पहिलो चरणको मतदान सम्पन्न भएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार मिजोरममा ७७ प्रतिशत मतदान भएको छ भने छत्तीसगढमा ७० प्रतिशतले मतदान गरेका छन् ।

मिजोरमका राज्यका सबै ४० स्थानका लागि मतदान भएको छ । जबकी छत्तीसगढमा पहिलो चरणमा २० स्थानका लागि मतदान भएको छ । बाँकी ७० स्थानका लागि आगामी नोभेम्बर १७ मा चुनाव हुनेछ ।

मध्यप्रदेश, राजस्थान र तेलागांना राज्यमा पनि यसै नोभेम्बर महिनाको अन्त्यतिर राज्य सरकारका लागि निर्वाचन हुँदैछ ।

पाँचै राज्यको मतदान सम्पन्न भएपछि आगामी डिसेम्बर ३ मा मात्र मतगणना हुनेछ ।