२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद



अ+ अ-

एजेन्सी । भारतीय र्‍यापर तथा गायक हनी सिंहले अन्ततः पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेदको स्वीकृति पाएका छन् । यो मुद्दा विगत साढे दुई वर्षदेखि दिल्लीको पारिवारिक अदालतमा चलिरहेको थियो ।

नोभेम्बर ७ मा अदालतले गायक र उनकी श्रीमतीको सम्बन्धविच्छेदलाई स्वीकृत गरेको थियो । यससँगै हनी र उनकी श्रीमती १२ वर्षपछि एकअर्काबाट अलग भए ।

शालिनीले केही वर्षअघि हनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यति मात्र होइन, उनकी श्रीमतीले हनी सिंहले आफूलाई धोका दिएको पनि बताइन् ।

हनीसँग सम्बन्ध विच्छेद गर्दा उनले एक करोड भारु मागेकी थिइन् । शालिनीले आफू हनीसँग डरले बाँचिरहेको बताइन् ।

केही मिडिया रिपोर्टका अनुसार सुरुमा शालिनीले हनी सिंहसँग १० करोड रुपैयाँ मागेकी थिइन्, जुन अहिले घटेर १ करोड रुपैयाँमा झरेको छ ।

उक्त रकमका लागि दुवैबीच सम्झौता भएको छ । यस्तो अवस्थामा गायकले अब यो रकम आफ्नी पूर्व पत्नीलाई दिनेछन् ।




भर्खरै