२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले श्रीलंकाको सदस्यता निलम्बन गरेको हो ।

आईसीसीले निलम्बन पछि श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिमा श्रीलंकाले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन ।

आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको कुरा निर्धारण गरेको छ ।

१८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ । तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन। किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन् ।

यू-१९ विश्वकपको आयोजना खोस्न सक्ने

एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ । आगामी आईसीसी कार्यक्रमको आयोजना उनीहरुबाट खोस्न सक्ने जनाइएको छ । पुरुष यू-१९ विश्वकप अर्को वर्षको जनवरी(फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ ।

श्रीलंकाको निराशाजनक प्रदर्शन पछि श्रीलंकाको खेलकुद मन्त्रालयले सोमबार, ६ नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गर्दै अन्तरीम बोर्ड गठन गरेको थियो। खेलकुद मन्त्री रोषन रणसिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

श्रीलंकाको अदालतले पनि बोर्ड विघटन गर्ने निर्णयलाई आगामी १४ दिनका लागि रोक लगाएको थियो। बोर्डमा सरकारको यो हस्तक्षेपपछि एसएलसीका अध्यक्ष शम्मी सिल्भाले आईसीसीसँग सहयोग मागेका थिए। आईसीसीले तत्कालै अनलाइन बैठक र बोर्ड सदस्यता निलम्बन गरेको छ ।

श्रीलंकन बोर्ड पछिल्लो ४ वर्षमा निलम्बन हुने दोस्रो बोर्ड बनेको छ। यसअघि सन् २०१९ मा जिम्बाब्वे क्रिकेट बोर्ड पनि सरकारको हस्तक्षेपपछि आईसिसीको निलम्बनमा परेको थियो ।

निलम्बनपछि जिम्बाब्वेका सबै क्रिकेट गतिविधिहरु रोकिएका छन् र उनीहरुको आर्थिक सहयोग पनि रोकिएको छ । तर परिस्थिति हेर्दा श्रीलंकाली क्रिकेटलाई लिएर त्यस्तो कडाई नहुने देखिन्छ । जिम्बावे क्रिकेट बोर्डको निलम्बन पनि ३ महिनापछि फुकुवा भएको थियो ।