५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनह्याम हस्पर उल्भ्ससँग पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटेनह्याम हस्पर नाटकीय ढंगबाट उल्भ्ससँग पराजित भएको छ ।

निर्धारित ९० मिनेटसम्म टोटेनह्यामले १–० गोलको अग्रता बनाएर जित नजिक थियो । तर इन्जुरी समयको ९१ र ९६ औं मिनेटमा उल्भ्सका तर्फबाट उत्कृष्ट गोल भएपछि खेल रोमाञ्चक बनेको थियो ।

उल्भ्सका लागि ९१ औं मिनेटमा माथियस कुन्हाको पासमा पाब्लो साराबियाले सुन्दर गोल गरेका थिए । लगत्तै ९६औं मिनेटमा पाब्लो साराबियाका पासमा मारियो लेमिनाले दोस्रो गोल गरेर उल्भ्सलाई महत्वपूर्ण जित दिलाए ।

यसअघि पहिलो हाफको तेस्रो मिनेटमै टोटेनह्यामका लागि ब्रेनान जोन्सनले गोल गरेर अग्रता दिलाएका थिए ।

यो हारसँगै टोटेनह्याम लिगमा तेस्रो स्थानमा झरेको छ । उल्भ्स भने १२ खेलबाट १५ अंकका साथ १२औं स्थानमा छ ।

आजै आर्सनल र बर्नली, क्रिस्टल प्यालेस र एभर्टन, म्यान्चेस्टर युनाइटेड र लुटोन बीच खेल भइरहेको छ । बर्नमाउथ र न्यूक्यासलबीचको खेल पनि आजै राति हुँदैछ ।