२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि जमुनाहा नाका हुँदै १५ वटा मुर्रा राँगा नेपाल भित्रिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाका हुँदै भारतले पठाएको मुर्रा राँगा नेपाल भित्र्याउन लागिएको छ । बुधबार भारतले पठाएको १५ वटा मुर्रा राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी गरिएको हो ।

नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरिसकेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

भारत सरकारले नस्ल सुधारका लागि उपहार स्वरूप दिएको उन्नत जातको मुर्रा राँगा नेपाल ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । सोही स्थानबाट वीर्य उत्पादन, संकलन र संरक्षण गरिने छ ।