२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंको कार्यक्रम बल्खुमा हुने



अ+ अ-

काठमाडौँ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।

सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रसाईंको कार्यक्रम बल्खुमा गर्न दिने निर्णय गरेको हो ।

मंसिर ७ गते प्रसाई र नेकपा एमालेको भातृ संगठन युवा संघको कार्यक्रम जुधेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

माइतीघरमा कार्यक्रम गर्न नपाउने भएपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने जनाएको छ ।