२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन: प्रदीप ज्ञवाली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ ।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने पनि स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पुर्‍याउनु चाहेको बताउनु भयो । उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धि नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमती र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाई गर्न नहुने पनि दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘दण्डहिनता हुन्न । र, यो द्वन्द्व फेरी दोहोरिन्न भन्ने प्रत्याभुतिसहित यो विषयलाई टुंग्याउनु पर्छ । र, सबभन्दा ठूलो कुरा त पीडितले न्याय पायौं भन्ने अनुभूति हुनु पर्छ । यो संक्रमणकालीन न्याय चाहिएको पीडितलाई हो । मैले अस्ती प्रधानमन्त्रीनै हुनु भएको कार्यक्रममा पनि भने–संक्रमणकालीन न्याय प्रचण्डलाई चाहिएको हो र ? उहाँ त यो विस्तृत शान्ति सम्झौता पछि ३/३ पटक प्रधानमन्त्री भइसक्नु भयो । शेरबहादुर देउवालाई चाहिएको हो र ? होइन नि । उहाँ त त्यसयता दुई दुई चोटी प्रधानमन्त्री भइसक्नु भयो । एमाले त द्वन्द्वको पक्ष थिएन । हामीलाई एक छिन नराखौं ।’

‘चाहिएको संक्रमणकालिन न्याय भनेको तपाईहरुलाई हो । ती वेपत्ताका परिवारलाई चाहिएको हो, जसले हरेक साँझ बाहिर आफन्त आयोकि भनेर चियाएर हेर्नुपर्नै अवस्था छ । र, निराश भएर फर्कनुपर्छ । उहाँहरुलाई चाहिएको हो । न सास छ, न लास छ । मृत्यु भएकाहरुका परिवारलाई संक्रमणकालीन न्याय चाहिएको हो । त्यसकारण उहाँहरुको पीडालाई ध्यानमा राखेर यो विषयलाई टुंग्याउनु जरुरी छ । यसमा हामी एकदमै लागि रहेका छौं । हाम्रो पार्टीको पूर्ण प्रतिवद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन । यसमा कुनै सर्त पनि छैन । संक्रमणकालीन न्याय टुंगियोस्, तपाईहरुको आँखामा रहेको आँशु पुछियोस् । तपाईहरुमा थोरै भएपनि सुन्तुष्टिको मुस्कान आउनु सकोस्, हामीलाई त्यही चाहिएको हो । हामीलाई प्रधानमन्त्री चाहिएन । तर न्याय चाहियो पीडितलाई । नेकपा एमालेको धारणा यही छ ।’

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदा दण्डहिनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभुति हुनुपर्ने बताउनु भयो ।