५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ४२ फउल, ३ पहेँलो कार्ड र १ रातो कार्ड



अ+ अ-

काठमाडौँ । विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा १–० गोलले हरायो ।

अर्जेन्टिनालाई जित दिलाउन एकमात्र निर्णायक गोल निकोलास ओटामेन्डीले खेलको ६३ औं मिनेटमा गरे । खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

यसैबीच मैदान बाहिर मात्रै होइन खेलमा पनि दुबै टोलीबीच निकै फउल भए । ९० मिनेटमा थप ६ मिनेट खेलाइएको खेलमा ब्राजिलले २६ र अर्जेन्टिनाले १६ फउल गर्यो । दुबैतर्फबाट ४२ फउल भए । ब्राजिलका ३ खेलाडीले पहेँलो तथा एक खेलाडी जोएलिन्टले रातो कार्ड खाए ।

ब्राजिलले घरेलु मैदानमा विश्वकप छनोट खेल हारेको यो पहिलो पटक हो ।

जितसँगै अर्जेन्टिना शीर्षस्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १५ अंक छ । यता ब्राजिल समान खेलबाट ७ अंकका साथ छैटौं स्थानमा छ ।