२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघले नागरिक बचाउ महाअभियानमा सहभागी हुन आएका महिला माथी दुर्व्यवहार गरेको आरोप- भिडियो सहित



अ+ अ-

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान कार्यक्रममा सहभागी हुन काठमाडौ आएका महिलाहरु माथी नेकपा एमालेको युवासंघले दुर्व्यवहार गरेको अभियानले जनाएको छ ।

अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार ईटहरीबाट आएर जडिबुटीमा रहेका इन्द्रसार पार्टी प्यालेसमा बसेका महिलाहरु लाई राती ११ बजे तिर युवासंघका कार्यकर्ताले दुर्व्यवहार गर्दे कोठाबाट निकाल्ने प्रयास गरेका थिए । उहाँका अनुसार अभियानका व्यक्तिहरु पुगेपछि युवासंघका कार्यकर्ताहरु त्यहाँबाट बाहिरिएका थिए ।

माण्डब्यले न्युजपोलारसंग भन्नुभयो ‘युवा संघ यो देशको सबैभन्दा अराजक तत्व हो। यसले नेकपा एमालेलाई राजनीति बाट सक्ने काम आफै गर्दैछ। यो घटनाबाट हामी बिचलत भएका छैनौ । उनिहरु कति कमजोर भएछन् भन्ने पुष्टि भएको छ ।’

अभियानले मंसिर ७ गते बल्खुचोकमा कार्यक्रम गर्दैछ । अभियानले माईतिघरक्षेत्रका कार्यक्रम गर्ने तयारी गरे पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास, प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्र संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

https://www.facebook.com/newspolar/videos/1372417076693152

भिडियो- राजानन्द माण्डब्यको फेसबुकबाट




भर्खरै