२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणभूमि बन्यो बल्खु- तस्बिरहरु



अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकहरुले राजधानीको बल्खुमा बिरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, गणतन्त्र खारेज गर्,नारायणहिटी खाली गर्, हिन्दु राष्ट्र कायम गर् लगायतका गणतन्त्र र व्यवस्थाबिरोधी नारा लगाएका छन् ।

जनप्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीहरूबिच पटक पटक झडपहरु भइरहेका छन् । झडपमा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने केहीलाई अस्पताल पठाइएको छ ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा पनि प्रयोग गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि नाराबाजीसहित ढुंगामुढा गरेका थिए ।