२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान



अ+ अ-

काठमाडौं: सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका छ जना प्रस्तावित न्यायाधीश र एक राजदुतका लागि संसदीय सुनुवाइ हुने भएको छ ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले आज एक सूचना प्रकाशन गरी दश दिनभित्र सिफारिस गरिएका व्यक्तिका सम्बन्धमा उजुरी दिन आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरुमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको छ ।

यस्तै पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस हुनु भएका शनिल नेपालको पनि सुनुवाइ हुन लागेको हो ।

नेपालको संविधान २०७२ मा सर्वोच्च अदालतका प्रधान न्यायाधीश समेत सर्वोच्च अदालतका न्यायाधीश, राजदूतहरु तथा संवैधानिक प्रमुख पदाधिकारीको संसदीय सुनुवाइ गर्ने व्यवस्था रहेको छ ।




भर्खरै